(कथा)
भावी साहित्य
सरण राई
“..... बाँच्नु ठूलो कुरा रहेछ । अहिलसम्म बाँचिरहेको हुनाले नै वर्तमान युगको अनौठो, उत्तेजक र मनमोहक नयाँ नयाँ कुराहरू हेर्न पाएको छु, प्रयोग, उपयोग वा उपभोग गर्न पाएको छु । हामी २२५वर्ष बाँच्छाैँ ।”पाँचौँ पुस्ते टेलिभिजन पत्रकार भन्छन् ।
“तपाईंको दृष्टिमा नयाँ कुराहरू के के हुन् ?” म ब्रह्माण्डभर प्रसारण भइरहेको पाँचौँ पुस्ते टेलिभिजन पत्रकार सोधिरहेको हुन्छु ।
“नयाँ कुराहरूमा अहिले जुन ‘कम्प्युटराज्ड फिप्ट जी ट्रासफरमेसन टी.भी. मेथोडोलोजी’ अन्तर्गत तपाईं र म प्रत्यक्ष हेराहेर गर्दै सँगैसँगै बसेजस्तो गरी कुराकानी गरिरहेका छौ‘, जबकि तपाईं र म कैयौं प्रकाश वर्ष माइल टाढा छौ‘ । यो पनि एउटा हो । म अच्छा राई ‘रसिक’ जो २४ वर्ष बाँचे, गनुसिंह गुरुङ र जोन किट्स दुबै २६ वर्ष मात्र बाँचे, मोतिराम भट्ट ३१ वर्ष मात्र बाँचे, डायमण्ड समसेर राणा ९३ वर्ष बाँचे, उनीहरू जति मात्र बाँचेको भए ब्रह्माण्ड विख्यात साहित्यकारको रूपमा तपाईंसित अहिले कुरा गरिरहेको हुन्नथे । त्यसैले बाँच्नु ठूलो कुरा रहेछ, भनेको हुँ ।”
“अहिले तपाईंको उमेर कति भयो ?”
“अहिले म १५९ वर्षको उमेरमा छु । आउने महिनापछि १६० मा लाग्ने छु । अहिलेको वर्तमान पि‘ढीको औसत उमेर २२५ वर्ष भएको हुँदा अझै अरू ६५ वर्ष बाँच्नेछु भन्ने आशा गर्छु ।”
“तपाईंको अनुहार र शारिरीक बनोट हेर्दा तपाईंको उमेर २२÷२३ वर्ष जस्तो मात्र देखिन्छ, १५९ वर्ष जस्तो लाग्दैन । अझै अरू ६५ वर्ष बाँच्छु भनिरहनु भएको छ त्यसको आधार र विश्वसनीयता के हो ?”
“१५९ वर्षको उमेरमा पनि २२÷२३ वर्षको जस्तै देखिनुमा वैज्ञानिक आविष्कार, प्रगति र प्रविधिको योगदान हो । रक्तकोषमा रहेका टेलिमोर, डि.एन.ए. को राइबोजोम, क्लोनिङ, क्वान्टम भौतिकी, डार्क इनर्जीजस्ता अनेकौ‘ सफल आविष्कारहरूले मानव जातिलाई बाँचुन्जेल सधैँ युवा बनाई राख्न सकेको छ । म अरू ६५ वर्ष बाँच्छु भन्नुको आधार स्वास्थ्य विज्ञानको प्रगति हो । तपाईंहरू जस्ता सामान्य गोली, बम वा हतियारको प्रयोगबाट हामी मर्दैनौं । विकीरण ठोसी क्षेपास्त्रीक गोली वा बमबाट मात्र हामी मर्छौं । तर त्यो भयङ्कर सर्वनाशी क्षेपास्त्रीक शस्त्रको दुरूपयोग हुँदैन । कारण त्यस्तो शस्त्र प्रयोग गर्ने व्यक्ति पनि क्षेपास्त्रको बिस्फोटसँगै आत्मघाती भई नष्ट हुने भएकोले ती हतियारहरूको प्रयोग असम्भवजस्तै हुन्छ । हाम्रो पिढी‘को औसत आयु २२५ वर्ष भए पनि वैज्ञानिकहरू मानिसको औसत आयु बढाउने कार्यमा निरन्तर लागि परेका छन् । उनीहरूको भनाइअनुसार अबको १०० वर्षपछि औसत आयु ३०० वर्ष हुनेछ ।”
“यसरी मानिसको आयु बढिरहँदा त जनसङ्ख्या बृद्धिको विकराल सङ्कट आउँदैन र ? खाद्यान्न अभाव हुँदैन र ?”
“खाद्यान्नमा पनि सुधार भइसकेको छ । तपाईंहरूको पि‘ढीले प्रत्येक दिन अन्न खानु पर्दछ भने हाम्रो पि‘ढीका अर्थात् २२५ वर्ष आयुवाला पि‘ढीले एक महिनामा एक दिन मात्र अन्न वा आहारा खाए हुन्छ । अबको सय वर्षपछि ४५ दिनमा एकपल्ट मात्र खाएर मानिस बाँच्न सक्ने हुनेछ ।”
“अब तपाईंको साहित्यिक कृतिहरूबारे चर्चा गरौ‘ । तपाईंको पहिलो कृति कहिले प्रकाशित भयो ?”
“मेरो पहिलो कृति १०८ वर्षको उमेरमा प्रकाशित भएको हो । मैले लेख्न पनि ९९ वर्षको उमेरपछि मात्र थालेको हुँ । त्यसैले डायमण्ड समसेरको उमेरसम्म मात्र बाँचेको भए म साहित्यकार हुन्नथे, भनेको हुँ ।”
आजभन्दा १००० वर्ष पछाडिका साहित्यकारसँग म टी.भी. अन्तर्वार्ता लिइरहेको छु । यो अन्तर्वार्ताको व्यवस्था पनि साहित्यसम्बद्ध संस्था र सरकारले गरेका हुन् । उनीहरूले साहित्य प्रस्तुति गर्दा ‘१००० वर्ष अगाडिको साहित्यकारसँग प्रत्यक्ष सम्बन्ध राख्दा साहित्य प्रस्ुतति कस्तो हुन्छ ?’ भन्ने उनीहरूको जिज्ञाशाले गर्दा यो कार्यक्रम सम्भव भएको हो । उनीहरूको भनाइअनुसार उनीहरू समयअपरिमित ‘क्वान्टम’ भौतिकीको सहायताले उनीहरूको पि‘ढीभन्दा हजारौं वर्ष पहिलेका वा पछाडिका पि‘ढीहरूसँग प्रत्यक्ष सम्बन्ध राख्न सक्छन् रे । अहिले उनीहरूले मलाई सम्पर्क बिन्दु बनाएर १००० वर्ष अगाडिको म मार्फत आफ्नो साहित्यको प्रस्तुति गरिरहेका छन् । उनीहरूको साहित्य प्रस्तुति पनि लेखक, पाठक, श्रोता अथवा दर्शक सबैलाई ‘लेखकीय बिग क्रन्च पद्धति’ प्रयोग गरेर पाठक, श्रोता वा दर्शक रचनाको विषयसँगै बहकिने, बग्ने भएर लेखकसँग एकाकार हुन्छन् । रचनाकार र पाठकबीच सुमधुर एकात्मकता हुन्छ, तादात्म्यता कायम भएर भावनाको उडानमा सँगसँगै हुन्छन् रे । उनी मलाई यो बताइरहेका हुन्छन् । उनीहरूको युग अथवा २२५ वर्ष आयुवाला भावी मानिसहरूका ती साहित्यकार उनले लेखेको ‘कलात्मक साहित्य प्रस्तुति’ मलाई पढ्न दिन्छन् र म त्यो पढिरहेको छु ।
त्यो पढ्दा मलाई अनौठो लाग्छ, कतिपय शब्द बुझ्दिनँ । लाग्छ त्यो स्वैरकल्पना हो, यथार्थसँग मेल नखाने रचना । मलाई कुनै चाख हुँदैन र भन्छु, “यो स्वैरकाल्पनिक रचना रहेछ । मैले धेरै जसो बुझ्न पनि सकिन‘ ।”
“कलात्मक साहित्य प्रस्तुति रचना युग युगान्तारणको कारणले तपाईंले बुझ्न नसक्नु भएको हो ।” रचनाकार भन्छन् ।
“युगान्तारणकै कुरा गर्दा पनि रचना यथार्थमा आधारित हुनुपर्ने हो ।” म भन्छु ।
“१००० वर्षको लामो अन्तरालमा घटेका अनेकन घटनाहरू, वैज्ञानिक प्रगतिहरू, प्रविधिहरू तपाईं सोच्नै सक्नु हुन्न । तसर्थ पनि तपाईं यो रचना बुझ्न सकिरहनु भएको छैन ।” उनी भन्छन् “तपाईं १०० वर्ष आयुवाला पि‘ढीको मानिस हुनुहुन्छ, तपाईंको पाठक मनस्थिति र क्षमता पनि त्यही १०० वर्षवालाको छ । साहित्य तात्कालिक अवस्थाको उपज भएकोले जो तात्कालिकताबाट अनुभवहीन छ त्यसैले तात्कालिक साहित्य बुझ्न सक्तैन । तर हामी २२५ वर्ष आयुवाला पि‘ढीले साहित्य प्रस्तुतिमा उल्लेख्य प्रगति गरेका छौ‘ । त्यसैको परीक्षण तपाईंमाथि गर्न गइरहेका छौ‘ ।”
“कस्तो परीक्षण ?” म नसोधी रहन सक्दिनँ ।
“साहित्य पनि पि‘ढीअनुसार फरकफरक हुन्छन् । तपाईं १०० वर्ष आयुवाला र म २२५ वर्ष आयुवाला पि‘ढीका १००० वर्षको फरक समयअवधिका दुई अलग युगका मानिसहरू हौ‘ । १००० वर्ष पछिका सबै कुराहरू तपाईंलाई स्वैरकल्पना लाग्नु स्वाभाविक हो । त्यो दोष तपाईंको होइन । तपाईं र म बीचको यो सुगम सम्वादको स्थिति पनि मेरो पि‘ढीको सबल साहित्यिक र कलात्मक प्रस्तुति प्रणालीले सम्भव तुल्याएको हो । हाम्रो पि‘ढीको साहित्यिक प्रचलनअनुसार अहिले म तपाईंलाई र मलाई रचनासँगै लेखक र पाठक सँगसँगै घुलमिल भएर एकाकार भई तादात्म्यता स्थापित गर्ने कलात्मक साहित्यिक ‘बीग क्रन्च’ मा लैजादै छु, अथवा हामी त्यस पद्धतिमा जाँदै छौ‘ ।”
यति भनेर २२५ वर्ष आयुवालाका साहित्यकार आफ्नो हात हावामा हल्लाउँछन् । मलाई उनको हात रित्तो जस्तो लागेको थियो तर हात हल्लाउना साथ एउटा लामो पारदर्शी ऐना जस्तो वस्तु मेरो आँखा अगाडि सर्लक्क बगेर जान्छ । म र साहित्यकार पहिरोले सोहोरिएझैं अकस्मात खाली जस्तो, सुरुङ जस्तो लामो अन्धकारभित्र सुलुत्त पस्छौ‘ र निमेषमै फुत्त निस्कन्छौ‘ ।
स्फटिक सङ्गमर्मर जस्तै सफा सुन्दर भुइँ छ, अकाश छ तर बादल छैन । बाटो छ, गन्तव्यसम्म पुग्न साधन चाहिँदैन । मनझै‘ सरर बतासजस्तै हामी बगिरहेका छौ‘, प्रस्थान गरिरहेका छौ‘ ।
म एउटा फलले लादिएको र टाक्सिएको बोन्साई बुट्यानमा फूल जस्तो एउटा गुच्चा जत्रो फल टिप्न हात पसार्छु । समातेर जोडले तान्छु तर त्यसैले मलाई आफूतिर जोडले तान्न थाल्छ । म त्यसमा टाँसिन थालेको हुन्छु । “मुख आँ गरिहाल्नोस् । यो भूतल होइन ।” हठात् साहित्यकार भन्छ । म मुख आँ खोल्छु । तोरीको गेडाजत्रो रातो गेडा ऊ मेरो मुखमा फ्यात्त फाल्छ । भुक्क फुलिएर फुस्स फुट्छ र मेरो जिब्रोको ¥यालसँगै बिलाउँछ । म ह्वात्त फुलिन्छु र त्यो फल, फूल वा उद्भीज (के हो ?) बाट उम्किन्छु । त्यसको तनाइ समाप्त हुन्छ । म देख्छु साहित्यकारले पनि त्यस्तै गेडा मुखमा हाल्छ । हामी दुबैको कायाकल्प हुन्छ । हामी त्यस लोकका मानिसहरू जस्तै देखिन थालेका हुन्छौ‘ ।
“अन्तरग्रहीय व्यापार । के ल्याउनु भएको छ ?” त्यस ग्रहका मानिसहरू सोध्छन् ।
“फूस्सा” साहित्यकार ऊ भन्छ ।
“ठीक छ, फूस्साको बदला हामी यो दिन्छौ‘ ।” उनीहरू तोरीको गेडाजत्रो मसिनो दानाहरूले भरिएको पारदर्शी शिशी हामीलाई दिँदै भन्छन्, “यी राता दानाहरू खाद्य, हरिया पेय, नीला औषधि र पहेंला दानाहरू कायाकल्पका गेडीहरू हुन् ।”
साहित्यकार दुबै खाली मुट्ठी झ्वाट्ट खोलेर फूस्सा फूस्सा गर्छ । मलाई पनि त्यसै गर्न लगाउँछ ।
हामीले खाली मुट्ठी फुकाउँदै गरेको फूस्सा फूस्सा उनीहरू ठूलो प्लास्टिक जस्तो पारदर्शी ठूलो बोराजस्तो थैलीमा थाप्छन् र बन्द गर्छन् । “त्यो हामीले दिएको वस्तु भूतलको मौलिक भौतिकता हो । साधारण आँखाले देख्न नसकिने शूक्ष्माति शूक्ष्म करोडौं जिवाणुहरू जीवितहरू मानिसका खाली हातमा पनि हुन्छन् । त्यही कच्चा पदार्थ प्रयोग गरेर त्यस लोकका मानिसहरू अनेकौं जीवित र उपभोग्य वस्तुहरूको निर्माण गर्छन्” मलाई साहित्यकार सम्झाउँछन् ।
उसले यो बताउँदा बताउँदै हामी दुईको शरीरबाट पुतुतु धुवाँ र छिरछिर पानीका थोपा निस्कन थाल्छ । त्यो देखेर “पहेलो दाना मुखमा हालिहाल्नुस् ।” ऊ भन्छ र हामी दुबै जना पहेलो दाना मुखमा हाल्छौ‘ । हाम्रो पुनः कायाकल्प हुन्छ । हामी अघिको जस्तै मान्छे देखिन्छौ‘ ।
“यात्रा पुनः भूतलको, यात्रा भन्दा अगाडि म आफ्नो साहित्यिक रचनाहरू तपाईं र यिनीहरूलाई सुनाउन चाहन्छु ।” साहित्यकार भन्छ ।
“हुन्छ, हेरिहाल्यौ‘, सुनिहाल्यौ‘ न त । कस्तो हुँदो रहेछ ।” म जिज्ञासावश सोध्छु ।
“फेरी पहेलो गेडी मुखमा हाल्नोस् ।” म पनि र ऊ पनि फेरी पहेलो दाना मुखमा हाल्छौ‘ । हाम्रो पुनः कायाकल्प हुन्छ ।
“म मेरा रचनाहरू तपाईंहरूलाई पढ्न दिन्छु” साहित्यकार उनीहरूतर्फ अथवा त्यस लोकका मानिसहरू तर्फ फर्केर भन्छन् साथै मलाई “तपाईं पनि तयार हुनुहोस्” भन्छन् ।
“हुन्छ ।” हामी एक साथ भन्छौ‘ ।
साहित्यकार आफ्ना दुबै हत्केलाहरू आफ्नो टाउकोतिर फर्काएर हामीतिर फर्काउँछ । रचनाका पाण्डुलिपीहरू उनको दिमागबाट निस्केर बग्न थाल्छ । उनीहरू फूस्सा फूस्साको झोलाहरूलाई चोर औँलाले देखाउँछन् । ती थैलीहरू हावाले उडाएर लगेझै‘ केही पर पुगेर अदृष्य हुन्छन् ।
उनीहरू पल्टने क्रिया गर्छन् । आराम कुर्सीहरू जस्ता देखा पर्छन् र त्यसमाथि पल्टन्छन् । कुर्सीहरूमा जोरजोर ठूला आँखाहरू र निधारको भाग टाउकाहरू (भकुन्डो जत्रो) मात्र हुन्छ । शरीर कमिलाको जत्रो अत्यन्त सानो रहन्छ । उनीहरू पढ्न थाल्छन्, पढ्दा कुनै कुनै बेला अनुभूतिशील हुँदा हात, पेट, खुट्टा, फोक्सो, मुटु वा अरू कुनै अङ्ग निमेषभर ठूलो अजङ्गको हुन्छ र प्याट्ट फुट्छ र सुक्छ । म पनि उनीहरू जस्तै ती साहित्यकारको रचनाहरू पढिरहेको हुन्छु । कस्तो अचम्म ? मेरो दिमागभरि उनका रचनाहरू सरसरी छापिएझै‘ छन्, म बुझिरहेछु, पढिरहेछु, पढिरहेछु ।
“उनीहरू जुन काम गर्दा जुन अङ्ग वा इन्द्रियको आवश्यकता पर्छ, त्यो बाहेक अरू इन्द्रियहरूलाई निस्क्रिय पारेर ऊर्जा वचत गर्छन् । हिड्दा खुट्टा, उड्दा पखेटा, पढ्दा आँखा र दिमाग अथवा जे काम गर्दा जुन इन्द्रिय आवश्यक हुन्छ, त्यसको मात्र प्रयोग गर्छन् ।” साहित्यकार उनीहरूलाई देखाएर मलाई भन्छन् ।
“तपाईंहरूको साहित्य प्रस्तुति त अनौठो रहेछ । एकै क्षणमा मैले तपाईंको सबै रचनाहरूको अध्ययन गरें । के म पनि कम्प्युटर भइसकें र इन्टरनेटमा झै‘ तपाईंहरूको साहित्य सञ्जालसँग म पनि जोडिन पुगेँ ?” म सोध्छु ।
“हो, मैले चाहुन्जेल, अथवा लेखकले चाहुन्जेल, पाठकले चाहुन्जेल । दुबै लेखक र पाठकले चाहुन्जेल ।”
“तपाईं महान साहित्यकार हुनुहुँदो रहेछ ।” म साँच्चै प्रभावित भएको हुन्छु । ऊ “धन्यवाद” भन्छ ।
“अब हाम्रो भूतल फर्कने बेला भयो । म तपाईंलाई तपाईंको १०० वर्ष आयुवाला युगमा फर्काउँदै छु ।” साहित्यकार अघि जस्तै खाली हात हल्लाउँछन् । अघिको जस्तै ऐनाजस्तो वस्तु मेरो आँखा अगाडिबाट सर्लक्क बगेर जान्छ । हामी फेरी सुरुङ्गजस्तो अन्धकारमा सुलुत्त पस्छौं र खस्छौं पृथ्वीलोकमा ।
आम्मोइ...सडकहरू, घरहरू, गाडीहरू, मानिसहरू ... आफ्नै धर्तीमा फर्कंदा मलाई अतुलनीय रमाइलो लाग्छ । खेतबारीमा लहलह बालीनाली, हरियाली जङ्गल, समुद्र, नदीनाला, चिसो र तातोपनले शरीर स्पर्श गर्छ । अघिसम्म शरीर मेरो हो कि होइन, हलुङ्गो, फुङ्ग थियो । अब आफ्नो वास्तविक शरीर छ । कति मोहलाग्दो शरीर र जीवन ! बादल आकाशमा तैरिरहेका छन् । फूलहरू फुलिरहेका छन्, बालीनाली झुलिरहेका छन् । मौरीझै‘ मानिसहरू काममा व्यस्त छन्, गुनगुनाइरहेका छन् । हावा, बतास र सुगन्ध चारैतिर व्याप्त छ । कलरव कर्णप्रिय छ । मलाई आफ्नै पिढी‘को वास्तविक संसार प्यारो लाग्छ ।
यसरी म रमाइरहेको अवस्थामा नै साहित्यकार मलाई भन्छ, “म गएँ है । म तपाईंभन्दा १००० वर्ष पछिको साहित्यकार । हाम्रो पिढी‘को अनुसन्धानमा १००० वर्ष अगाडिको एउटा पाठकको हाम्रो साहित्यप्रतिको प्रतिक्रिया बुझ्न तपाईंको छनोट गरिएको थियो । हाम्रो अनुसन्धान पूर्ण भयो । तपाईंलाई १००० वर्ष पछाडिको साहित्यिक प्रस्तुतिबाट झिकेर तपाईंको वर्तमानमा छोड्दै छु । तपाईं चाहनु हुन्छ भने एक पटक हाम्रो संसारमा आउन सक्नु हुन्छ । त्यसका लागि म तपाईंलाई यो ‘कोड’ छोडेर जाँदै छु । बिदा ।” ऊ निमेषमा आँखा झिमिक्क पार्दा बिलाइसकेको हुन्छ ।
म चाहिँ छक्क परिरहेको हुन्छु, यो के अचम्म ? सपना हो ? होइन, मेरो हातमा उसले दिएको ‘कोड’ छ ।
२०६७।०१।०८ (परिमार्जन २०६८।०४,
बोराबाँध

No comments:
Post a Comment