शान्ति धाम
सरण राई
अवकाश प्राप्त
जीवनमा प्रवेश गरेपछि ‘साङ्लाले बाँधेको कुकुर छाडेँ है’ भने झैँ कताकता
मनभित्र फुक्काफाल भएको अनुभुतिकासाथ बेचैनी, मनको छटपटाहट, जीवनको अवसान
नजिक पुगिएको आभास हुनुका साथै काम नलाग्ने ‘डेट एक्स्पायर्ड’ भएजस्तो पनि
लाग्न थाल्दो रहेछ । मानिसलाई सबै भन्दा प्यारो के होला ? प्रश्न ग¥यो भने
सतप्रतिसत उत्तर आउला— आफ्नै जीवन । ‘जीउ रहे ध्यू खान पाइन्छ’, जीवन रहे
मात्र जगतको उपभोग र उपयोग गर्न पाइने हो ।
मन बरालिन थाल्छ, कम्प्युटरमा खेल्न र खेलाउन थाल्छु मनलाई । ‘फेसबुक’मा एउटा सञ्जाल रहेछ ‘बुद्ध नेपालमा जन्मेका हुन्, सहमति जनाउनुहोस् ।’ मैले पनि तुरुन्तै सहमति जनाएँ । अन्य चिनेको नामहरू सहमति जनाउनका लागि टिपाएँ । बुद्धको जन्म स्थलमा के छ ? ‘किन बुद्ध नेपालमा जन्मेको तथ्यलाई तोडमरोड गरिदै छ ?’ भन्ने तथ्यले मलाई लुम्बिनीतर्फ आकर्षित गर्छ ।
...
लुम्विनी !
युवाकालमा पुगेको त्यस क्षेत्रको रूप पुरै बद्लिएको रहेछ । त्यतिबेला लुम्बिनीको नाम चलेको थिएन । इतिहासमा मात्र बुद्ध जन्मेको लुम्बिनी भन्ने पढ्न पाइन्थ्यो । सयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमणपछि मात्र लुम्बिनी चम्केको हो । सुनौलीदेखि बुटवलसम्म नै झन्डैझन्डै जोडिइसकेको रहेछ । बुटवल,खसौली कहाँ ? ठिम्याउन नै मुस्किल । विचरा, सर्वसाधारण गरिब नेपाली म; आफ्नै देशको भैरहवा हुन् ? होइन, फुलहरू महान्हरूको गोडामा न्यौछावर हुन बनिएका हुन् । र, फुलहरू महान् हुन् ।
....उनलाई देखी
हिँँडिराख्नेहरू अडे, अडेकाहरू पछि पछि लाग्न थाले; लम्कदै गर्नेहरू
सुस्तरी हिँडे, बसि राख्नेहरू उठे; भड्किलो बस्त्रवालाहरू लजाए, बकवक
गर्नेहरू मौन भए; प्रत्यक्ष धर्मजस्तो उनको नजीकमा अन्याय बुद्धि कसैको भएन
।
कौसी, बार्दलीमा बसेका मानिसहरू पुष्पवृष्टी गरिरहेका छन् । सडक पुष्पमय भएको छ, वातावरण उल्लासमय, रमणीय र मुग्धकारी भएको छ । प्रेम, प्रेम, प्रेम ! सबैको मनमा प्रेम छ । गौतम बुद्धप्रति प्रेम छ । बुद्धका मनमा पनि सबैप्रति प्रेम छ । प्रेमले ओतपोत शान्ति सबैको मन र मुहारमा व्यप्त छ । प्रेम तीर्थ ....
पुरा कथा पाँचपोखरी प्रकाशन गृह , न्युरोड बाट प्रकाशित कथा सङ्ग्रह "अन्तिम आयाम "मा हेर्नुहुन अनुरोध छ
पाँचपोखरी प्रकाशन गृह , न्युरोड काे फाेन नं. ०१ ४२२१६३४, ०१ ४२२३५७५
सरण राई
मन बरालिन थाल्छ, कम्प्युटरमा खेल्न र खेलाउन थाल्छु मनलाई । ‘फेसबुक’मा एउटा सञ्जाल रहेछ ‘बुद्ध नेपालमा जन्मेका हुन्, सहमति जनाउनुहोस् ।’ मैले पनि तुरुन्तै सहमति जनाएँ । अन्य चिनेको नामहरू सहमति जनाउनका लागि टिपाएँ । बुद्धको जन्म स्थलमा के छ ? ‘किन बुद्ध नेपालमा जन्मेको तथ्यलाई तोडमरोड गरिदै छ ?’ भन्ने तथ्यले मलाई लुम्बिनीतर्फ आकर्षित गर्छ ।
...
लुम्विनी !
युवाकालमा पुगेको त्यस क्षेत्रको रूप पुरै बद्लिएको रहेछ । त्यतिबेला लुम्बिनीको नाम चलेको थिएन । इतिहासमा मात्र बुद्ध जन्मेको लुम्बिनी भन्ने पढ्न पाइन्थ्यो । सयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमणपछि मात्र लुम्बिनी चम्केको हो । सुनौलीदेखि बुटवलसम्म नै झन्डैझन्डै जोडिइसकेको रहेछ । बुटवल,खसौली कहाँ ? ठिम्याउन नै मुस्किल । विचरा, सर्वसाधारण गरिब नेपाली म; आफ्नै देशको भैरहवा हुन् ? होइन, फुलहरू महान्हरूको गोडामा न्यौछावर हुन बनिएका हुन् । र, फुलहरू महान् हुन् ।
कौसी, बार्दलीमा बसेका मानिसहरू पुष्पवृष्टी गरिरहेका छन् । सडक पुष्पमय भएको छ, वातावरण उल्लासमय, रमणीय र मुग्धकारी भएको छ । प्रेम, प्रेम, प्रेम ! सबैको मनमा प्रेम छ । गौतम बुद्धप्रति प्रेम छ । बुद्धका मनमा पनि सबैप्रति प्रेम छ । प्रेमले ओतपोत शान्ति सबैको मन र मुहारमा व्यप्त छ । प्रेम तीर्थ ....
पुरा कथा पाँचपोखरी प्रकाशन गृह , न्युरोड बाट प्रकाशित कथा सङ्ग्रह "अन्तिम आयाम "मा हेर्नुहुन अनुरोध छ
पाँचपोखरी प्रकाशन गृह , न्युरोड काे फाेन नं. ०१ ४२२१६३४, ०१ ४२२३५७५
This comment has been removed by the author.
ReplyDelete